Jan 25, 2017

भात.रहर

भात खानलाई
एक हुल चरी,
'भुर्र' गरेर गए ।

चौतारी एक्लै छ
रिसाए झैँ
उता फर्किएर ।

"यो गाउँलाई आज बैँस लागेन"
त्यो एक्लै मुर्मुराइ रह्यो ।

समुन्द्र छेवै
गल्ली हाङ्को छोरो
सपना गोद्न थाले ।

रहर बेहाल छ्
सम्झानमा
फिक्का मुस्काएर ।

"आमालाई साड़ी, बाबालाई घड़ी"
उ बेग्लै रमाई रहे ।

No comments:

Post a Comment